मौरीपालन कार्यक्रमले दीर्घकालीन र अल्पकालीन रुपमा निम्न उद्देश्यहरु राखेको छ ।

दीर्घकालीन उद्देश्यहरुः

  • आयमूलक र रोजगारीमूलक कार्यक्रमको रुपमा परम्परागत मौरीपालनलाई सुधार गरी मौरीपालकहरुलाई सेवा, टेवा पुर्याइने,गरिवी निवारणमा सहयोग पुर्याउने ।
  • उन्नत मौरीपालन प्रविधिको विकास एवं प्रसारबाट मह र मौरीजन्य उपजहरुको उत्पादनमा वृद्धि ल्याउने ।
  • विभिन्न बालीनालीहरुमा मौरीद्वारा परागसेचन गराई उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउने ।
  • महको उत्पादनमा मात्रात्मक तथा गुणात्मक वृद्धि गरी अन्तर्राष्ट्रिय बजार व्यवस्थापनमा सहयोग गर्ने ।

अल्पकालीन उद्देश्यहरु

  • मौरीपालनको उपयुक्त प्रविधिको विकास गर्ने ।
  • आवश्यक संगठनात्मक ढाँचाको विकास गर्ने ।
  • दक्ष जनशक्तिको विकास गर्ने ।
  • कृषकस्तरमा प्राविधिक सेवा/सहयोग पुर्याउने ।
  • विभिन्न सरकारी, नीजि तथा गैह्रसरकारी संघसंस्थाहरुसँग समन्वय राखी मौरीपालन कार्यक्रमलाई राष्ट्रियस्तरमा प्रभावकारी ढंगले परिचालन गर्ने ।
  • मौरीपालन कार्यक्रमलाई कृषक तथा उपभोक्ता वर्गसम्म परिचित गराउन व्यापक रुपमा प्रचारप्रसार सम्बन्धी कार्यक्रम संचालन गर्ने ।