• मौरीपालनका लागि मौरीका जातहरुको क्षेत्र (तरार्इ र भित्रीमधेसका लागि एपिस मेलिफेरा र पहाडका लागि एपिस सेराना) निर्धारण गरी मौरीपालनको विकास र विस्तार गर्ने ।
  • मौरी पकेट क्षेत्र छनौट गर्दा उपयुक्त बाली प्रणाली, फलफुल बगैंचा, वनजंगलका मौरी चरन क्षेत्रसँग आबद्ध गर्दै मौरीपालन कार्यक्रमहरु संचालन गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने।
  • मह र मौरीजन्य अन्य उपजहरुको पौष्टिक महत्व बारे जनचेतना अभिवृद्धि गर्ने, यसबाट जनमानसमा मह र अन्य उपजहरु प्रतिको आकर्षण बढ्न गई उत्पादन कर्ता र उपभोक्ताहरुको संख्यामा वृद्धि हुनेछ ।