) कार्यमूलक व्यवहारिक तालिम

यस कार्यालयको तालिम शाखा अन्तर्गत विभिन्न मौरीपालन सम्बन्धि तालिम कार्यलक्ष्य तोकिएका हुन्छन् । कृषकस्तरमा मौरी व्यवसायीहरुका लागि स्वस्थ रानु उत्पादन तालिम -२१ दिने, मौरी व्यवसायीहरुका लागि मौरीजन्य उत्पादन, प्रशोधन तथा बजारीकरण तालिम, मौरी स्रोतकेन्द्र स्थापना/घार निर्माण तालिम-१५ दिने, आधारभूत मौरीपालन सम्बन्धी तालिम-७ दिने, स्रोतकेन्द्र स्थापना तथा संचालन तालिम-७ दिने तालिमहरु संचालन हुन्छन् भने प्राविधिक स्तरमा मौरीपालन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम-१५ दिने र मौरीपालन सम्बन्धी प्राविधिक तालिम -७ दिने संचालन हुन्छन् ।

) प्रसार तथा प्राविधिक सहयोग

मौरीपालन (मेलिफेरा र सेराना) सम्भाव्य जिल्लाहरुको सम्भाव्यता अध्ययनका साथै मौरीपालन सम्बन्धि प्राविधिक ज्ञान (सैद्धान्तिक र व्यवहारिक) का साथै उन्नत प्रविधिहरु प्रचारप्रसार गर्ने उद्देश्यले यस मौरी विकास केन्द्रभित्र योजना (प्रसार) शाखा को व्यवस्था गरिएको छ । सो शाखाले लक्षित कार्यक्रम अनुसार मौरी पालन सम्भाव्य जिल्लाहरुको अनुगमन, मौरी पकेट क्षेत्रका निरीक्षण, मौरी चरन वितरण, मौरी गोला प्रदर्शन, आधार चाका प्रदर्शन, परागसेचन प्रदर्शन आदि कार्यक्रमहरु संचालन गर्दै आएको छ । साथै मौरीपालन सम्बन्धी बुकलेट, लिफलेट, श्रोतकेन्द्र परिचय पुस्तिका प्रकाशन गर्ने साथै वितरण गर्ने कार्य गर्दछ ।

) समस्यामूलक, व्यावहारिक, उपयुक्त प्रविधि विकास

मुख्यतः यपियरी शाखाले एपियरी व्यवस्थापन, विभिन्न श्रोतहरुबाट उपलब्ध महका नमूनाहरुको गुणस्तर जाँच, मौरी रोग र शत्रु पहिचान तथा नियन्त्रण आदि कार्यहरु गर्दछ । साथै नेपालमा मौरी क्षेत्र पहिचान तथा निर्धारण, जैविक विविधता अध्ययन, मौरीपालन सम्भाव्यता अध्ययन र सर्भे आदि कार्य पनि यस शाखाले योजना शाखाको समन्वयमा संचालन गर्दछ । यस शाखाले विगत वर्षहरुमा जुम्ला, धादिङ, दोलखा, काभ्रे आदि क्षेत्रका सेराना मौरीगोला ल्याई जैविक विविधता अध्ययन कार्य सम्पन्न गरिसकेको छ ।

) अन्य कार्यहरु

मौरी विकास केन्द्रले आफ्नो स्वीकृत् कार्यलक्ष्यका अतिरिक्त कृषकहरुबाट पठाइएका मह नमूना परीक्षण, विभिन्न स्वदेशी तथा विदेशी गैह्र सरकारी संघ र संस्थाहरुबाट मौरीपालन तालिम गराउन प्रकृयागत रुपमा माग भईआएमा छात्रावास, तालिमहरु र प्रशिक्षक समेत स्वीकृत् नर्मस अनुसार उपलब्ध गराउने, मौरीजन्य उत्पादन वृद्धिका लागि अन्य संघसंस्थासँग समन्वय गर्दै अगाडि बढ्ने कार्य पनि गर्दछ । उदाहरणका लागि इसिमोड जस्ता गैह्र-सरकारी संस्थाहरुको यस केन्द्रसँग संयुक्त रुपमा तालिम संचालन र सेराना मौरीमा जैविक विविधीकरण अध्ययन गर्दै आएको छ ।

यसका साथै प्रदेश अन्तरगत कृषि हेर्ने विभिन्न निकाय: जिल्ला कृषि विकास कार्यालय,कृषि ज्ञान केन्द्र, स्थानिय तह अन्तरगत कृषि हेर्ने निकायहरुले आयोजना गरेको कृषक भ्रमण, विद्यालय र महाविद्यालयका अध्ययन अध्यापनमा संलग्न मौरीपालन सम्बन्धी ज्ञान लिन आएका व्यक्ति, समूहहरुलाई मौरी अवलोकन, अध्ययन आदिमा सहयोग पुर्‍याउदै आएको छ ।