1. मौरीको प्रजाति संरक्षण, सम्वर्द्बन एवम् बंश सुधारको लागि सरकारी, गैरसरकारी, एव नीजि सरोकारवाला संघसंस्थाहरुसङ्ग समन्वय गर्ने ।
  2. मौरीपालन विकास र विस्तारको लागि राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा व्यवसायिक कीट विकास केन्द्रलाई पृष्टपोषण गर्ने ।
  3. मौरी श्रोतकेन्द्रको स्तरोन्नतीका लागि तालिक,प्रविधि विस्तार, प्राविधिक सेवाटेवा तथा अनुगमन निरीक्षण लगायत आवश्यक गतिविधि सन्चालन गर्ने ।
  4. नविनतम प्रविधिको उपयोग गरी मौरीपालन विकास र विस्तारको लागि उत्पादक कृषक एवं उद्यमीलाई तालिम प्रदान गर्ने
  5. मौरी सम्बन्धी विषयमा विशेषज्ञ तथा प्रशिक्षण सेवा प्रदान गर्ने
  6. मौरीपालन विकास र विस्तारका सम्वन्धमा कृषि अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र तथा स्थानीय तहसँग समन्वय एवं क्षमता अभिबृद्धि सम्बन्धी कार्य गर्ने
  7. फार्मको उत्पादकत्व एवं आम्दानी वृध्दि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने .
  8. मौरी सम्वन्धी समस्या समाधानका लागि कार्यमुखी (Action research) अध्ययन परीक्षण संचालन गर्ने .
  9. मौरीपालनसंग सम्वन्धित उन्नत प्रविधिको प्रदर्शन संचालन, प्रविधि विकास तथा विस्तार गर्ने .
  10. स्थानीय प्रजातिका मौरी संरक्षण, चरन संरक्षण ,भौगोलिक चरन पात्रो तयारी, पात्रो अद्यावधिक र समृद्ब वनाउदै जैविक विविधता सरक्षणमा टेवा पु-याउने
  11. आमजनसमुदाय बीच मह सेवन र परागसेचन वारे जनचेतनामुलक गतिविधि परिचालन गर्ने ।
  12. मौरी चरन क्षेत्रको पहिचान, सर्भे, संरक्षण र विस्तार गरी वातावरण संरक्षण र सम्वर्द्बन गर्ने ।
  13. गुणस्तरीय मह बजारीकरणमा नेपाली महको प्रवर्द्बन गर्न आवश्यक गतिविधि सन्चालन गर्ने ।
  14. प्रभावकारी योजना तर्जुमा, कार्यन्वयन तथा मुल्याङ्कनका लागि मौरीपालन क्षेत्र (मौरी श्रोतकेन्द्र, मौरी गोला, कृषक व्यवसायी, मह उत्पादन र खपत ) को डाटावेस तयार तथा अद्यावधिक गर्ने ।साथै मौरी जन्य सहउत्पादन (कुट,चोप,मैन,शाही खुराक तथा वि भेनम) व्यवसायिकतामा पहल गर्ने ।
  15. मौरीमा आधारित एपिटुरिजम विकास र विस्तारमा सहजीकरण गर्ने ।